नेप्सेमा सामान्य गिरावट

Nepal stock exchange down

काठमाडौँ । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ अङ्कले घटेर एक हजार ३८१.३८ पुगेको छ । सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २८९.५५ मा पुगेको छ । आज १८६ कम्पनीका २३ लाख ४१ हजार ७४६ कित्ता शेयर रु ९२ करोड नौ लाख ९७ हजार ५६ मा खरिदबिक्री भयो ।

कारोबार भएका कुल १२ मध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.९३ अङ्कले घट्दा व्यापार ९.२४, जलविद्युत् ४.१३, अन्य ३.०६, लघुवित्त १.५६ र सामूहिक लगानी कोष ०.०९ अङ्कले घटेका छन् । होटल ३३.८४, विकास बैंक १०.४, वित्त ४.०३, निर्जीवन बीमा ३१.८७, उत्पादन ३.५९ र जीवन बीमा ५०.८ अङ्कले बढेका छन् ।

कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड ८१ लाख १५ हजार १८८ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड ५४ लाख १६ हजार ७९४, एनआइसी एसिया बैंकको रु तीन करोड ९९ लाख ६१ हजार २०, एनएमबी बैंकको रु तीन करोड ६० लाख १० हजार २५८, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको रु दुई करोड ३७ लाख ५६ हजार १६६ र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयर रु दुई करोड १३ लाख नौ हजार ६५ मा खरिदबिक्री भयो ।

गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै अजोड इन्स्योरेन्स ९.८२, नेपाल फाइनान्स ९.५५, ग्रीन डेभलपमेन्ट ७.४१ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ६ प्रतिशतले कमाए ।

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ६.०६ प्रतिशतले गुमाए । यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.६८, कालिका पावर कम्पनी ५.३६, अपि पावर कम्पनी ५.२६ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतले गुमाए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...