सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय पुग्यो, चाँदीको मूल्य ५० रुपैयाँले बढ्यो

09 090809

काठमाडौँ । सुनको मूल्यले आज फेरि रेकर्ड बनाएको छ । बुधबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एकैपटक ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुन पनि आज तोलामा ११ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि आज बुधबार प्रति तोला ५० रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ८८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८७ हजार ४५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५३ रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...