सुनको मूूल्य अहिले सम्मकै उच्च, हेर्नुस् कति छ आज ?

09 090809

काठमाडौँ । सुनको मूल्यले आजपनि इतिहासकै नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

केही दिनदेखि सुनको भाउ निरन्तर बढिरहेको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...