फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोलको मुल्य १०४ रुपैयाँ पर्ने

Petrol pump 16

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको भन्दै इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

निमगले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । निगमले बढाएको मुल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ ।

नयाँ मूल्य वृद्धिपछि पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य १ सय ४ रुपैयाँ पर्ने छ भने डिजेल र मट्टीतेलको ९० रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार भारतीय आयल कर्पोरेसन्स (आइओसी) ले अगस्ट १ मा पठाएको मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको हो । उपाध्यायले मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै छ ।

जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए ।

निगमको विज्ञप्ति

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...