सुनको मूल्य इतिहासकै उच्च, तोलाको कति पुग्यो ?

1578029772gold sun gahana

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै महँगो मूल्य हो।

बिहीबार तोलाको ९९ हजार र बुधबार ९८ हजार ५०० मा कारोबार भएको थियो। चैत १० गते ७७ हजार रहेको सुनको मूल्य ११ गतेदेखि लकडाउन भएसँगै कारोबार बन्द गरिएको थियो।

त्यसको साढे दुई महिनापछि जेठ २५ गते महासंघले नयाँ मूल्य तोकेको थियो। त्यतिबेला ८७ हजार ४०० मूल्य कायम गरिएको थियो। त्यसयता लगातार सुनको मूल्य बढिरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...