माउन्ट कैलाश हाइड्रोपावरको ठगी धन्दा : ६ वर्ष पूरा हुँदा शेयर धनीलाई न सावाँ न ब्याज

Shaiii

काठमाडौं । माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनाका अध्यक्ष तथा निर्देशक भरत खड्का र कार्यकारी प्रबन्ध वसन्ती कुमारी शाही सहितले शेयर धनीहरुलाई ठगी गरेको आरोप लगाउँदै सम्पत्ति शुद्धीकरण विभागमा भरत खड्का र वसन्ती सिंह शाही विरुद्ध उजुरी दिएका छन् ।

माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनाका सेर धनी पृथ्वी शाहीले सम्पत्ति शुद्धीकरण विभागमा भरत खड्का र वसन्ती सिंह शाही विरुद्ध उजुरी दिएका हुन् ।

माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष तथा निर्देशक भरत खड्का र कार्यकारी प्रबन्धक वसन्ती सिंह शाहीको मिलिमहत्वमा सेर धनीहरुलाई ठगी गरिएको भन्दै सेर धनी शाहाले उनीहरू विरुद्ध उजुरी दिएका हुन् ।

माउन्ट कैलाश हाइड्रो पावरको नाममा सामुहिक पारिवारिक व्यवसाय गर्दै आएका भरत खड्का र वसन्ती सिहं शाहीले मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनामा करोडौं रकम हिनामिना गरेको र आयोजनाको नाममा शेयर उठाएर आफ्नै घरायसी प्रयोजनको अन्य ठेक्कापट्टामा उक्त शेयर रकम प्रयोग गरि शेयर धनीहरुलाई निकास हुने रकम समेत फिर्ता नदिइ अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानबिनको माग गर्दै उनीहरु विरुद्ध सम्पत्ति सुदृढीकरण विभागमा उजुरी गरिएको शाहले बताए ।

पृथ्वी शाहलाई माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष तथा निर्देशक भरत खड्का र कार्यकारी प्रबन्धक वसन्ती सिंह शाहीले ७२ सालमानै माउन्ट कैलाश हाइड्रोपावर आइपिओ लैजाने कुरामा ढुक्क रहनु भन्दै एक करोड रकम शेयर किन्न हदैसम्म आग्रह गरेको र उक्त एक करोड शेयर पनि ३ महिनाभित्र ४ गुणाले बढ्दै जाने प्रलोभन देखाएपछि पृथ्वी शाहले ०७१ सालमा एक करोड शेयर किन्न रकम दिएका थिए ।

तर तीन वर्षपछि शेयर प्रमाणपत्र ०७४ साल मंसिरको मिति राख्दै दिएको आरोप लगाइएको छ । अहिले सम्म न ब्याज न सावाँ दुबै नदिई उक्त शेयर रकम माग्दा डर धम्की दिने कुटपिट गर्नेसमेत चेतावनी दिने गरेको र आफु करोडौंमा ठगिदाँ मानसिक यातना कारण औषधिसमेत नियमित सेवन गर्नुपरेको भन्दै न्याय याचना समेत गरेका छन् ।

मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनाले हिउँदको समयमा आयोजनाबाट १३ मेगावाट उत्पादन गर्ने भए पनि पाँच मेगावाट मात्रै उत्पादन गरिएको, विभिन्न बाहाना गर्दै आयोजना सम्पन्न गर्न करिब २० वर्ष भन्दा धेरै समय लगाएको, अहिलेसम्म पनि आयोजना आइपिएमा जान नसकेको आरोप लगाइएको छ ।

साथै सरकारी मापदण्डहरु कुनै पूरा नगरेको र आम सर्वसाधारणहरुलाई विभिन्न प्रलोभन देखाएर शेयर किन्न लगाएर अझै निकास नगरेको, बैंकहरुलाई आयोजना घाटामा गएको भन्दै राष्ट्रिय वाणिाज्य बैंकहरुलाई समेत असर पार्दै आफ्नो प्रभावमा राखेर राज्यको करमा समेत चुहावट सिर्जना गरेको आरोप लगाउँदै शाहले उक्त कम्पनीलाई राज्यले कानुनको दायरमा ल्याउन र सत्यतथ्य छानबिन गरेर कारबाहीको माग गरेका छन् ।

पूर्वमन्त्री, अधिवत्ता, पूर्वन्यायाधीश सहितको पारिवारिक व्यवसायीक आडमा संन्चालन भएको माउन्ट कैलाश हाइड्रोपावरले आफुलाई मात्र नभएर कयौं सर्वसाधारणहरुलाई ठगी गर्दै आएको र हाइड्रोपावरको सेर सदस्यहरुको कुनै लेखा-जोखा र वार्षिक साधरण सभासमेत नगरि किर्ते कागजात पेश गर्दै राज्यको आँखामा समेत छारो हालेको शाहको दाबी छ ।

तर उक्त आयोजनाका अध्यक्ष तथा निर्देशक खड्काले यस बारे कुनै जानकारी नभएको बताए । कानुनी जटिलताले यस्तो समस्या भएको भन्दै कानुनी प्रक्रिया पूरा भएपछि समस्या समाधान हुने बताए ।

हाल उक्त आयोजनामा ६५ जना शेयर सदस्य रहेका छन् । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना संन्चालनमा  छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...