सुनको भाउ बढेको बढ्यै, तोलाकै ९६ हजार ३ सय रुपैयाँ पुग्यो

Gold 9

काठमाडौं । पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

एक वर्ष अवधिमा मात्रै सुनको मूल्य एक तोलामा करिब ३१ हजार रुपैयाँले बढेको छ । सुन अहिलेसम्मकै सबैभन्दा बढी महंगो भएको छ । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्य एक हजार ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...