साउन १५ देखि होटल र रेस्टुरेन्ट खोल्न दिइने, भोज र पार्टीमा भने प्रतिबन्ध

Resturent news

काठमाडौं । सरकाले आगामी साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट खोल्न दिने भएको छ । सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णयसमेत गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ ।

साउन १५ गतेबाट होटल खुल्ने निर्णय गरेको सरकारले भोज र पार्टीमा भने प्रतिबन्ध जारी राखेको छ । सरकारको यो निर्णय अनुसार अब होटलमा भोज र पार्टी गर्न भने पाइने छैन ।

त्यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरु गर्न दिइने सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

लकडाउनका कारण होटल तथा रेष्टुरेन्ट बन्द हुँदा सयौं मजदुर वेरोजगार बनेका छन् भने व्यवासाहीहरु उत्तिकै मारमा छन् । सरकारले साउने १५ देखि सबै खुल्ला गर्ने बताए पनि कोरोनाको डरले सबै होटल र रेष्टुरेन्टहरुमा ग्राहक कम आउने आशंका छ । 

प्रतिकृया दिनुहोस