ऋणको ब्याज मिनाहा गर्न माग गर्दै धनकुटामा प्रर्दशन र धर्ना

Bank dharna dkt

धनकुटा । ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद पाँच महिना पर सार्न माग गर्दै धनकुटाका विभिन्न बैंकहरुमा धनकुटेलीहरुले धर्ना दिएका छन् ।

धनकुटा उद्योग बाणिज्य संघको अगुवाईमा प्रर्दशन गरी राष्ट्रिय बाणिज्य बैंक, सांग्रिला विकास बैंक लगायतका विभिन्न बैकहरुमा धर्ना लिई नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र पठाएको छ ।

प्रदर्शनपछि धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव  रामबहादुर गोङ्वा, घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, अम्विका धमला, रेवतीप्रसाद अधिकारी, नगेन्द्र काफ्ले, सुनिता थापा, रिदम श्रेष्ठ, उज्वल कर्माचार्य लगायतको उपस्थितीमा ऋणको ब्याज मिनाहा गर्नुपर्ने र किस्ता बुझाउने म्याद ५ महिना पर सार्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

प्रतिकृया दिनुहोस