धनककुटेलीले बुझाए ऋणको किस्ता बुझाउने म्याद सार्न र ब्याज मिनाह गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Dkt gyapan 24

धनकुटा । धनकुटाका व्यवसायी तथा ऋणीहरुले ५ महिनाको ब्याज मिनाह गरिदिन प्रधानमन्त्री लगायत सरोकारवाला निकायसँग माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

धनकुटा उद्योग बाणिज्य संघले लकडाउन अवधिभरको ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद लकडाउन समाप्त भएको ५ महिनापछि मात्र बुझाउने व्यवस्था मिलाई दिन प्रधानमन्त्री केपी शर्मा ओली, अर्थ मन्त्री युवराज खतिवडा र राष्ट्र बैंकका गर्भनरलाई ध्यार्कषण गराउँदै धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीमार्फत ज्ञापन पत्र पठाएको हो ।

लकडाउनको कारण उद्योग, व्यापार तथा व्यवसायी पूर्णरुपमा धरासायी भइृ चरम आर्थिक संकट भएकोले उद्योग, व्यापार तथा व्यावसाय पुनः संचालन गर्न व्यवसायीहरुलाई आकस्मिक कर्जा, पुनर्कर्जा र सहुलियत कर्जा तत्काल उपलब्ध गराउनसमेत माग गरिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव रामबहादुर गोङ्वा तामाङद्धारा हस्ताक्षर गरी पठाएको ज्ञापन पत्रमा धनकुटाका वयवसायीले वयवसाय सञ्चालन गर्न लिएको ऋणको ब्याज मिनाहा गरी किस्ता बुझाउन म्याद ५ महिना पर सार्न माग गरिएको छ ।

बैक तथा वितिय संस्थाहरुका दवावका कारण ऋणको किस्ता बुझाउन नसक्दा दैनिक जसो उद्योगी व्यावसायीहरु आत्मा हत्या गर्ने क्रम जारी भएकोले मानवीय ढंगले पनि किस्ता बुझाउन म्याद ५ महिनासम्म सारी दिन र लकडाउनको अवधिभरको व्याज मिनाहा गरी दिन जोडदार आग्रह गर्दै आफ्नो माग पूरा नभए आन्दोलन गर्न बाध्य हुनेसमेत उक्त ध्यानर्कषण पत्रमा उल्लेख गरिएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीलाई बुझाउन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव रामबहादुर तामाङ, सचिव श्रीराम रायमाझी, कार्यकारी सदस्य उज्वल कर्माचार्य लगायतको टोली जिल्ला प्रशासन कार्यालय धनकुटा गएको थियो ।

संघले यसअघि सबै बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई ब्याज मिनाह गर्न र किस्ता बुझाउने म्याद सार्न माग गर्दै ध्यानार्कषण पत्र पठाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...