सुनको भाउ बढ्यो, प्रतितोला ९१ हजार ५ सयमा कारोबार

Gold gifttaa

काठमाडौँ । केही समयदेखि सुनको भाउमा उतारचढाव भइरहेको छ ।  आज प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको भाउ  तोलामा ९१ हजार ५ सय रुपैयाँ  रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ । गएको असार १७ गते सुनको भाउले नयाँ रेकड कायम गर्दै अहिलेसम्मकै धेरै  तोलाको ९१ ह्जमर ७ सय रुपैयाँ पुगेको थियो ।

कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्नै हुँदै हिजो तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९० हजार ९ सय तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ मा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...