उकालो लाग्न थाल्यो शेयर बजार : आज नेप्से ३७.९३ अंकले बढ्यो, सेन्सेटिभ परिसूचक पनि बढ्यो

Share market badhyo

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर एक हजार ३३६.६६ मा पुगेको छ ।

कुल १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता शेयर रु एक अर्ब २१ करोड २४ लाख २६ हजार २६७ मा खरिदबिक्री भए । आज कारोबार भएका कुल १२ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैंकिङ २५.८३, व्यापार ३४.६१, होटल १२७.१, विकास बैंक ३४.८१, जलविद्युत् २६.४९, वित्त १९.४, निर्जीवन बीमा ३६५.४६, उत्पादन ४१.८३, अन्य २७.०५, लघुवित्त ७६.५५, जीवन बीमा १९८.३८ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको नौ करोड १२ लाख ६७ हजार ८३ बरारबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्सको आठ करोड ६० लाख ३५ हजार १२०, हिमालयन डिष्टिलरी पाँच करोड ८६ लाख ६६ हजार ८८३, एनएमबी बैंक पाँच करोड नौ लाख २३ हजार १६१ र छिमेक लघुवित्त विकास बैंकको चार करोड २४ लाख १९ हजार ६२६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

स्टकका अनुसार आज मञ्जुश्री फाइनान्स, पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल, प्रुडेन्सिय इन्स्योरेन्सका शेयरधनीले समान १० प्रतिशतले कमाए । हिमालयन जनरल इन्स्योरेन्स, ९.९७, सूर्योदय लघुवित्त ९.९५ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकतो ९.९५ प्रतिशतले कमाए ।

खानीखोला हाइड्रोपावर ३.८५, ग्लोबल आइएमई लघुवित्त ३.७१, घलेम्दी हाइड्रो ३.४५, रिलायन्स फाइनान्स ३.०८ र एनआईसी एसिया बैंकको संस्थापक शेयरधनीले २ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस