निरन्तर उकालो लागेको सुनको मूल्य घट्यो

Gold

काठमाडौँ । निरन्तर उकालो लागेको सुनको भाउ साताको अन्तिम दिन आज तोलमा ५ सयले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुुन तोलामा ९० हजार ५ सय रुपैयाँ  तोकिएको छ ।

हिजो पनि एकैदिन तोलामा ७ सय रुपैयाँ घटेर सुन ९१ हजार रुपैयाँ तोकिएको थियो । यो हप्ता सुनको कारोबार बढ्ने र घट्ने क्रम चलिरह्यो । गएको बुधबार नयाँ रेकर्ड बनाउँदै तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार र सोमबार भने सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ भएको भए पनि मंगलबार तोलामा २ सय बढेको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...