व्यापार नहुँदा पनि आकासियो सुनको मूल्य, अहिलेसम्मकै उच्च

Gold

काठमाडौँ । कोरोना संक्रमणका कारण लामो समयदेखि सुन चाँदीको कारोवार हुन सकिरहेको छैन । तर, सुनको मुल्य भने किन्नै नसकिनेगरी आकासिने क्रम तीव्र रुपमा बढेको छ । 

सुनको भाउले फेरि नयाँ रेकर्ड कायम राखेको छ । आज सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँ रहेकोमा हिजो एक सय रुपैयाँ घटेको थियो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ । विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको व्यवसायीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...