शेयर बजार : नेप्सेमा दोहोरो अङ्कले घट्यो

Nepal stock exchange down

काठमाडौँ । सय दिनपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १२.८७ बिन्दुले घटेर एक हजार १८८.७० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.०३ बिन्दुले घटेर २४५.२९ मा पुगेको छ । नेप्सेका अनुसार कूल १४७ कम्पनीका १४ लाख ४४ हजार १७३ कित्ता शेयर रु ४८ करोड ५३ लाख १५ हजार ६२७ मूल्यमा खरिद बिक्री भए । कारोवार खुल्नेबित्तिकै ठूलो बिन्दुले ओरालो लागेको बजार पुनःसम्हालिएको हो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३९.३४, उत्पादन १०२.९८, अन्य २०.०६ र जीवन बीमा २३७.६२ ले बढेको छ । बैंकिङ २५.२२, होटल २६.४४, विकास बैंक ६३.०६, जलविद्युत् १३.३४, फाइनान्स ४.०९, निर्जीवन बीमा १०१.४६, लघुवित्त ३९.३७ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ५७ लाख १० हजार ७४० बराबरको कारोवार भयो । यस्तै हिमालयन डिस्टिलरी रु तीन करोड ४६ लाख ९९ हजार ९७२, एनआइसी एशिया रु तीन करोड २९ लाख २७ हजार ७४२, नबिल बैंक रु दुई करोड ५२ लाख ३० हजार १००, एनएमबी बैंक रु दुई करोड २७ लाख ७० हजार ५८४, शिवम् मिसेन्ट रु दुई करोड तीन लाख ५८ हजार ७०१ र नेपाल बैंक रु एक करोड ६८ लाख ६७ हजार ९२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेप्सेका अनुसार नागरिक लगानी कोषका लगानीकर्ताले आज ९.९९ प्रतिशतले कमाउँदा हिमालयन डिस्टिलरी ९.९६, नेपाल इन्भेस्टमेन्ट बैंक ९.९४, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ९.८०, शिवम् सिमेन्ट ८.५०, गुडबिल फाइनान्स ६.८२ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाए । त्यस्तै स्वालम्बन लघुवित्त वित्तीय संस्था ९.९९, नेपाल पुनःबीमा कम्पनी ९.९०, आशा लघुवित्त वित्तीय संस्था ९.९०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.१६, साञ्जेन जलविद्युत् कम्पनी ८.७५ र अपि पावर कम्पनीका लगानीकर्ताले ८.६२ प्रतिशतले गुमाए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...