आज पनि मनसुनी वायुको प्रभावले देशभर मौसम बदली हुने

Weather nepal

काठमाडौं । आज पनि मनसुनी वायुको प्रभावले देशभर नै मौसम बदली रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । अहिले सामान्य बदली रहेको वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग नजिक रहेको र न्यूनचापीय रेखा नेपालतर्फ हुँदा मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।

आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेश तथा कर्णालीका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षापछि कोशी, नारायणी सहित शाखा नदी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्नेछ । तर सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा चियासँग कविताको १५ औं श्रृंखला सम्पन्न, नयाँ र पुराना पुस्ताका सर्जकलाई जोड्दै

Chiyasang kabita 15th issue

धनकुटा । चियाँसँग कविता कार्यक्रममा नयाँ र पुराना सर्जकहरुको आकर्षण बढ्दै गएको छ । आज धनकुटामा आय...