साथी बचतले धनकुटाका ऋणीलाई ५० प्रतिशतसम्म छुट दिने

Dkt bachat

धनकुटा । ऋण लिएर व्यावसाय सञ्चालन गर्दै आएका धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायी लगायत सबै ऋणीहरुलाई साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणको व्याजमा ५० प्रतिशतसम्म छुट गर्ने भएको छ ।

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाका अध्यक्ष जयन्द्र प्रधानको अध्यक्षतामा बसेको बोर्डको बैठकले ऋण लिएर तीन वर्ष वा सो भन्दा माथीदेखि ऋण बुझाउन बाँकी रहेका ऋणहरुलाई ५० प्रतिशत ब्याजमा छुट र दुई वर्षदेखि हालसम्म ऋण बुझाउन बाँकी ऋणहरुलाई १५ प्रतिशत व्याजमा असार मसान्तसम्म सावा ब्याज बुझाएमा छुट दिने निर्णय गरेको सहकारी संस्थाका सचिव विजय सन्तोषी राईले बताए ।

कोरोना भाइरस दिन प्रतिदिन धनकुटामा पनि फैलिँदै गएकोले साथी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको र बोर्डका पदाधिकारी तथा सदस्यहरुको कोरोना वीमा सहकारीको तर्फबाट गरिदिने निर्णय भएको कोषाध्यक्ष रुपेश श्रेष्ठले बताए ।

ऋण असुली कार्यलाई व्यापक रुपमा संचालन गर्न घरदैलो कार्यक्रम संचालन गर्ने कार्यकारी सदस्य कुसुम श्रेष्ठ जोशीले बताइन् ।

प्रतिकृया दिनुहोस