प्रदेश २ को कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँ

Bijay yadav 1

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे ।

कूल विनियोजनमध्ये चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ १६ करोड छ ।

गत वर्षको तुलनामा आकारमा बजेट सानो भए पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम भने कटौती गरिएको छैन । यस कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको छ । प्रदेशभित्रका स्थानीय तहहरुलाई आगामी आर्थिक वर्षमा सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानबापत २ अर्ब ८३ करोड ६० लाख विनियोजन गरिएको हो ।

आर्थिक वर्ष २०७५र०७६ मा प्रदेश सरकार अन्तर्गत सञ्चालित विकास कार्यक्रमहरुको उपभोक्ता समितिलाई भुक्तानी हुन बाँकी रहेको ८६ करोड ५० लाख रुपैयाँ बजेट पनि आगामी आर्थिक वर्षमा तिरिने गरी बजेट विनियोजन गरिएको छ ।

बजेटमा कोभिड १९ महामारी पहिचान, रोकथाम, नियन्त्रण र उपचारका लागि आवाश्यक सामग्री खरिद गर्न ७० करोड २७ लाख विनियोजन गरिएको छ । जनकपुर प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन ४५ करोड ५६ लाख बजेटको व्यवस्था गरिएको छ ।

जनता आवास कार्यक्रमलाई प्रदेश सरकारले उल्लेख्य लगानीको व्यवस्थासहित निरन्तरता दिन ८० करोड ७४ लाख बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकासतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक नालासहितको २ लेन कालोपत्रे ५ किलोमिटर सडक निर्माण गरिने सरकारको तयारी छ । जसका लागि कम्तिमा ६४ वडा सडकका लागि ६७ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...