खेलकुदमा २ अब ३६ करोड बजेट, निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड विनियोजन

Sadan aarthamantri

काठमाडौं । सरकारले युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट विनियोजन गरेको छ । अन्तर्राष्टिय क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम विनियोजन भएको छ । नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको छ ।

भक्तपुरबाट सुरु भएको रात्रीकालीन सम्पदा यात्रलाई विस्तार गर्ने गर्नै भएको छ । विहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने । ध्यान केन्द्र र सभाहल निर्माणलाई पूर्णता दिइने भएको छ ।

मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड विनियोजन गरिएको छ । निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट विनियोजन भएको छ । विश्व विद्यालय अनुदान आयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइेको छ ।

यो वर्ष कृषि मन्त्रालयको बजेट ७ अर्बले बढेको छ । यस वर्ष ६ हजार स्वयंम सेवक परिचालन गर्न सरकारले २ अर्ब २३ करोड विनियोजन गरेको छ । एक हजार ८०० स्कुल स्थापना गर्न रकमको व्यवस्था गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गरिने र यसका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ । आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने । मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने र साक्षर नेपाल घोषणा गर्ने सरकारी योजना छ ।

जनता आवास कार्यक्रमलाई पनि सरकारले निरन्तता दिएको छ । सुरक्षित आवासका लागि पनि बजेट विनियोजन गरेको छ । प्रदेश राजधानीको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस