प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन

Sadan aarthamantri

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन भएको छ । ५ अर्बको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बढाएर आउँदो आर्थिक वर्षका लागि ११ अर्ब ६० करोड बनाइएको हो ।

यसबाट थप दुई लाखलाई रोजगारी प्रदान गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । मर्यादित काम, सामाजिक सुरक्षा र आर्दश श्रममा प्राथमिकता दिँदै सरकारले रोजगारी बढाउन आकर्षक प्याकेज लिएको खतिवडाले बताए ।

आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथ काम र पारिश्रमिकका पाउने गरी कार्यक्रम ल्याइएको हो । यसबाट सार्वजनिक क्षेत्र तथा पूर्वाधार क्षेत्रमा बेरोजगारले काम पाउने छन् ।

५० हजारलाई सीप सिकाउने सरकारले निजी क्षेत्रलाई अनुदान दिने भएको छ । दुई वर्ष रोजगारी सुनिश्चित गरे ५० प्रतिशत अनुदान दिनका लागि एक अर्ब रकम विनियोजन गरिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताएका छन् । जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध सूचना प्रणालीमा आवद्ध गर्ने र सूचना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।

सरकारले सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ । राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोषक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने अर्थमन्त्री खतिवडाले बताए ।

प्रेदश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने छ । त्यसका लागि सरकारले एक अर्ब २६ करोड रकम विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस