सरकारको हातमा पुग्यो कोरोना महाव्याधीविरुद्ध लड्ने बजेट ल्याउन सुझावसहितको प्रतिवेदन (पूर्णपाठसहित)

Piacpn teem meeting

काठमाडौं । विभिन्न क्षेत्रका बौद्धिक र राजनीतिज्ञ सम्मिलित कोराना महाव्याधीविरुद्ध सार्वजनिक पहल (कोमविसाप) ले आर्थिक वर्ष २०७७र७८ को बजेटको लागि सुझावसहितको पोलिसी मेमो बुझाएको छ ।

कोमविसापले बजेटले मानवीय संकटको यस घडीमा नागरिकको ज्यान जोगाउने, जोखिममा रहेका नागरिकको न्यूनतम जीविकोपार्जनलाई यथोचित सम्बोधन गर्ने र व्याप्त निराशाको वातावरणमा आशा भर्न सक्ने रोजगारी केन्द्रित कार्यक्रम ल्याउन जोड दिएको छ ।

शनिबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्री मार्फत् कोमविसापले सरकारलाई प्रमुख चार बुँदा समेटिएको पोलिसी मेमो पनि बुझाएको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको समीक्षा गर्दै जेठ १५ गते प्रस्तुत गर्ने बजेटको लागि संक्षिप्त सुझाव सहितको मेमो शनिबार बुझाएको हो ।

यस पहलले २०७६ चैत्र २७ गते प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीलाई कोरोना महाव्याधीको समयमा तत्कालै चाल्नुपर्ने कदमहरुको बारेमा विभिन्न क्षेत्रका व्यक्तिको सुझाव दिएको थियो ।

‘सरकारले जारी गरेको यस आर्थिक वर्षको नीति तथा कार्यक्रमले कोरोना महाव्याधीले पारिरहेको असर र विभिन्न परिदृश्यमा पार्न सक्ने बहुआयामिक प्रभावका बारेमा आवश्यक संवेदनशीलता नदेखाइएको पाइएको छ’, कोमविसापले भनेको छ, ‘तर, कोरोना भाइरसका कारण एशियाली मुलुकहरुमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति हुने देशमा नेपाल पनि पर्ने प्रक्षेपण सार्वजनिक भएको छ ।’

कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक सङ्कटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका युवा बौद्धिक सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलको सुरुवात गरेको हो ।

सुझावको पूर्णपाठ 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...