न्यायकर्मीलाई उद्योग बाणिज्य संघले दियो स्वास्थ्य तथा सुरक्षित सामाग्री

Dkt help 8

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले उच्च अदालत विराटनगरअन्तरगत धनकुटा बेञ्च र जिल्ला अदालत धनकुटालाई सुरक्षित तथा स्वास्थ्य समाग्री प्रदान गरेको छ ।

धनकुटामा कोरोना भाईरस फैलन नदिई नियन्त्रण गर्न संघले न्यायालयमा न्यायका लागि नागरिकहरु आउने भएकाले धनकुटा बेञ्च र धनकुटा जिल्ला अदालतलाई बिहीबार स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु प्रदान गरेको हो ।

संघले धनकुटा बेञ्च र जिल्ला अदालतलाई दुई थान पिपिई, हेण्ड वास, पञ्जा, सेनिटाईजर, मास्क, हात धुनका लागि पानी राख्ने धारा सहितको बालटिन प्रदान गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

उच्च अदालत विराटनगर धनकुटा बेञ्चका मुख्य न्यायधिस निता दिक्षित गौतमको उपस्थितिमा धनकुटा बेञ्चका रजिष्ट्रार शम्भुप्रसाद बराललाई धनकुटा बेञ्चका लागि र धनकुटा जिल्ला अदालतका श्रेस्तेदार राजन बास्तोलालाई स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष निर्मला राई श्रेष्ठ र कोषाध्यक्ष रुपेश श्रेष्ठ प्रदान गरे ।

सो अवसरमा संविधानसभा सदस्य अधिवक्ता दुर्गा लिंखा राई, धनकुटा जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष हिमादेवी बस्नेत भट्टराई, उच्च अदालत विराटनगर धनकुटा बेञ्चका रजिष्टार शम्भुप्रसाद वराल लगायतले संघले स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...