चीनमा १८ सेप्टेम्बर २०१९ मा कोरोना बारेमा के भएको थियो ? एउटा सनसनीपूर्ण खुलासा

China wuhan news

एजेन्सी । यो कुरा सन् २०१९ को सेप्टेम्बर १८ को हो । दिउँसो चीनको हुबेई प्रान्तको राजधानी वुहानको तिआन्हे विमानस्थलको कस्टम अफिसमा एक इमेरजेन्सी म्यासेज आयो । म्यासेजमा भनिएको थियो, 'ल्याण्ड गर्दै गरेको जहाजमा एक यात्रु बिरामी छन् । ती बिरामीलाई स्वास लिन समस्या भएको छ ।' यो म्यासेजसँगै विमानस्थलका स्टाफ इमरजेन्सी मोडमा आइपुगे ।

डेलीमेलका अनुसार १८ सेप्टेम्बरमा आएको त्यो इमेरजेन्सी म्यासेज पाउँदासाथ वुहानको विमानस्थलमा उपस्थित एक म्यानेजरले आफ्नो मातहतका स्टाफलाई इमेरजेन्सी म्यासेजको रेस्पोन्सका बारेमा सम्झाए । स्टाफहरु पनि प्रोटेक्टिभ मास्क लगाएर अत्यावश्यक कारबाहीमा जुटे ।

चिनियाँ प्रान्तिय मिडियाका एक पत्रकारका अनुसार यो घटनाको केही समयपछि वुहानको प्राथमिक सहायता केन्द्रमा बिरामीलाई चेकजाँच गर्दा उनमा नोवल कोरोना भाइरसको संक्रमण भएको छ । चिनियाँ सञ्चारमाध्यमले यो पुरै घटनालाई एक अभ्यास बताउँछन् ।

चिनियाँ मिडियाले त्यो समयमा चीनमा आयोजना भएको वल्र्ड मिलिट्री गेमको आयोजनालाई लिएर इमेरजेन्सी रेस्पोन्सको जाँच गर्नका लागि कोरोना भाइरस ड्रिल गरिएको जनाए । अक्टोबर १८ देखि २७ सम्म वुहानमा भव्यताका साथ सम्पन्न मिलिट्री गेममा १ सय ४० देशका झण्डै १० हजार खेलाडीले भाग लिएका थिए ।

तर, पश्चिमा मिडियाले अहिले त्यो ड्रिललाई लिएर विभिन्न प्रकारका प्रश्नहरु गरेका छन् । चीनले किन त्यो अभ्यास चुन्यो ? सामाजिक सञ्जालमा पनि विभिन्न व्यक्तिले यो प्रश्नको उत्तर खोजिरहेका छन् । करोना भाइरसलाई लिएरै ड्रिल किन गरियो ?

फ्रान्सका एक खेलाडीले अघिल्लो हप्ता भनेका थिए, 'वल्र्ड मिलिट्री गेममा सहभागिताका क्रममा कयौँलाई कोभिड १९ को संक्रमण भएको थियो ।' त्यस्तै अर्का खेलाडीले पनि त्यस्तै दावी गरेका छन् । वल्र्ड च्याम्पियन पेन्टाथलिट इलोडी क्लाउवेलले भने, 'मिलिट्री गेमको समयमा कयौँ खेलाडी बिरामी परेका थिए ।'

केही दिनअघि मात्रै फ्रान्सको पेरिसमा रहेको एक अस्पतालमा २७ डिसेम्बरमा एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो । माछा बेच्ने ती व्यक्तिलाई पहिले न्युमोनियाका बिरामीको रुपमा लिइएको थियो ।

अस्पतालमा रहेको ती मृतकको स्याम्पलबाट उनलाई कोरोना पुष्टि भएको छ । ती व्यक्ति अन्य कुनै पनि देश गएका थिएनन् । अमेरिकामा पनि पहिल्यै अरु बिरामी देखिएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...