भारतमा कोरोनका कारण मृत्यु हुनेको संख्या १४ सयको हाराहारीमा

Corona virus india

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा गएको २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको छ ।

एकै दिन थप ६८ जनाको मृत्यु भएको छ । भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएका छन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३९७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार २०३ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...