अमेरिकी राष्ट्रपति ट्रम्पले भने, कोरोना भाइरस चीनको वुहानको ल्यावमै बनाएको हो

Donald trump

एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचनको मिति नजिक हुँदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनविरुद्ध खनिँदै गएका छन् ।

अमेरिकामा चीनविरुद्धको राष्ट्रवादमा मत तान्ने प्रतिस्पर्धा हुन्छ । त्यसैले अबका केही महिना अमेरिकी राजनीतिक नेताहरुले चीनविरुद्धका लगातार अभिव्यक्ति दिने अनुमान गरिएको छ ।

ट्रम्पले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् । गुप्तचर एजेन्सीले कोरोना भाइरस जानीबुझी बनाएको नदेखिएको बताएकै दिन ट्रम्पले भने आफूसँग कोरोना भाइरस पैदा गरेको प्रमाण रहेको दाबी गरेका हुन् । पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले चीनको वुहानस्थित इन्टिच्युट अफ भाइरोलोजीमा बनेको दावी गरेका हुन् ।

जवाफमा ट्रम्पले भने, ‘हो, मसँग प्रमाण छ । विश्व स्वास्थ्य संगठन चीनको प्रचार प्रसारमा लागेकोमा लज्जाबोध हुनुपर्ने हो । डब्लुएचओ चीनको पब्लिक रिलेसनको रुपमा काम गरिरहेको छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले भाइरस नियन्त्रण गर्न नसकेर वा जानाजान फैलिन दिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । ट्रम्पले यो विषयमा पारदर्शीता देखाउन नसकेको भन्दै चिनियाँ राष्ट्रपति सी जिन पिङको आलोचना पनि गरेका छन् ।

पत्रकारले कुन आधारमा यस्तो आरोप लगाएको र कुनै आधार देखिएको छ ? भन्ने प्रश्नको जवाफमा अमेरिकी राष्ट्रपति भन्छन्, ‘यो भाइरस वुहानस्थित इन्टिच्युट अफ भाइरोलोजी नै बनेको हो । हो मैले त्यो देखेको छु ।’ ट्रम्पले आफूले प्रमाण देखेको वा आफैले बाहिरिएको देखेको भन्ने बारेमा भने प्रष्ट पारेका छैनन् ।

प्रतिकृया दिनुहोस