अभिनेता इरफान खानको निधन

Irfan khan

काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको आज बिहान मुम्बईमा निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

केही दिनअघि मात्रै उनी आमाको पनि निधन भएको थियो । उनी आमाको अन्तिम संस्कारमा जान पाएका थिएनन् ।

५३ वर्षीय इरफान सन् २०१८ देखि क्यान्सरसँग लडिरहेका थिए । उनको बेलायतमा पनि उपचार भएको थियो । उपचारका क्रममा आज बिहान निधन भएको फिल्म निर्माता सुजित सरकारले जनाएका छन् ।

उनले अभिनय गरेको अन्तिम फिल्म अंग्रेजी मिडिय हो । जुन भारतमा लकडाउन हुन अघिल्लो दिन रिलिज भएको थियो । लकडाउन भएपछि प्रदर्शन रोकिएको थियो ।

उनले ब्लकब्सटर फिल्म मक्सुद, पिकु, पान सिंह तमोर, स्मलडक मिलेनियर, लाइफ अफ पिलगायतका फिल्ममा अभिनय गरेका थिए । उनकी पत्नी सुतापा तथा दुई छोरा बबिल आयान छन् ।

 

प्रतिकृया दिनुहोस