इरानी जहाज खसाउन ट्रम्पको कडा निर्देशन

Donald trump

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध सैन्य कारवाही गर्न आफ्ना नौसैनिकहरुलाई कडा आदेश दिएका छन् । ट्रम्पले ईरानी लडाकु जहाजले समुन्द्रमा कुनै हलचल गरे आक्रमण गर्न ट्रम्पले आफ्ना नौसेनालाई आदेश दिएका हुन् ।


पछिल्लो साता पर्सियन खाडीमा अमेरिकी युद्ध पोतलाई ईरानका ११ वटा लडाकु जहाजले घेरेपछि ट्रम्पको यस्तो आदेश आएको हो । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘समुन्द्रमा रहेको हाम्रो जहाजलाई समस्यामा पार्ने वा सताउने काम गरे ईरानी लडाकु जहाजहरुलाई ध्वस्त पार्न मैले हाम्रा नौसैनिकहरुलाई आदेश दिएको छु ।’

अमेरिकी नौसैनिक जहाजलाई ईरानको रिभोल्युसनरी गार्ड कार्पले पर्सियन खाडीमा घेरा हालेको थियो । ईरानको रिभोल्युसनरी गार्ड कार्पलाई अमेरिकाले आतंककारी समुह भन्दै आएको छ ।

आफ्नो युद्धपोत अमेरिकाको अन्तराष्ट्रिय सिमा नजिक रहेका बेला ईरानी लडाकु विमानले घेरा हालेको अमेरिकी दावी रहेको छ । ईरानी लडाकु जहाजहरुको यो कार्यलाई खतरनाक एवं अनियन्त्रित स्थितिको सिर्जना गराउने हरकत भनेर अमेरिकी सेनाले प्रतिकृया दिएको छ ।

अमेरिकाले जनवरी ३ मा ईरानी जर्नेल कसिम सुलेमानीलाई हवाई हमलाद्वारा हत्या गरेदेखि नै दुवै मुलुकबीच तनाव जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...