यसरी भएको थियो एसियाकै सबैभन्दा ठूलो भाइरल बैंकबाटै कोराना भाइरस लिक

China 1

संसारभर अहिले पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ । पश्चिमा देशहरुले चीन सरकार र वुहानको इन्टिच्युट अफ भाइरोलोजीका विषयमा विभिन्न प्रकारका प्रश्नहरु खडा गरेका छन् ।

केही व्यक्तिले याे थ्यउरीमा दम भएको बताएका छन्, कोरोना भाइरस वुहानको ल्याबबाट लिक भएर मानिसमा फैलिएको हो । अहिले केही तस्बिरको आधारमा दावी गरिएको छ, 'वुहान इन्टिच्युट अफ भाइरोलोजीको एक फ्रिजको टुटेको सिलबाट भाइरस बाहिर पुग्यो ।'

वास्तवमा वुहानको इन्टिच्युट अफ भाइरोलोजीको यो तस्बिर पहिलो पटक सन् २०१८मा चाइना डेली न्युजपेपरले ट्वीटरमार्फत सार्वजनिक गरेको थियो । तर पछि यो ट्वीटलाई डिलेट गरियो । त्यहीँ फोटो पश्चिमा मिडियाले भाइरल बनाएका छन् । कतिपयले पहिलेको मिति पनि सच्याएर सार्वजनिक गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चाइना डेली पत्रिकाले ल्याबका फोटोसँग लेखेको थियो, 'एसियाकै सबैभन्दा ठूलो भाइरल बैंकको एक दृश्य ! सेन्ट्रल चीनको हुबेईस्थित वुहान इन्टिच्युट अफ भाइरोलोजी, जहाँ १५०० भन्दा धेरै भाइरस स्ट्रेन्सको संरक्षण गरेर राखिएको छ ।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो तस्बिरका आधारमा चीनलाई आरोप लगाइरहेका छन् । उनले यो घटनाको जाँच गर्ने पनि बताएका थिए । शुक्रबार उनले अमेरिकाको तर्फबाट वुहान इन्टिच्युटका लागि दिने आर्थिक सहायता पनि अब नदिने बताएका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि ल्याबबाट भाइरस लिक भएको विषयमा बेइजिङले सत्य सत्य जानकारी गराउनुपर्ने बताएका थिए ।

अमेरिकी विदेशमन्त्री पोम्पियोले भनेका थिए, 'यदि चीनले संसारभरका वैज्ञानिकलाई त्यहाँ लगेर कसरी फैलियो भन्ने देखाएमा संसारका लागि सहयोग हुने थियो । उसका लागि पनि भलो हुने थियो ।'

वासिङ्टन पोष्टको एक रिपोर्टमा अमेरिकी राजनीतिज्ञले वुहानको ल्याबमा भएका जानकारी अमेरिकी सरकारलाई गराएका र त्यसमा चमेरो सम्बन्धि भाइरसका विषयमा महत्वपूर्ण सूचना भएको उल्लेख गरिएको छ । वासिङ्टनपोष्टको समाचारमा अमेरिकालाई त्यहाँबाट महामारी फैलिँदैछ भन्ने जानकारी पहिल्यै रहेको पनि दावी गरिएको छ ।

चीन सरकारले भने पश्चिमा देशका सबै आरोपको खण्डन गरेको छ । आरोप पुष्टि गर्न बेइजिङले चुनौती दिएको छ । कतिपयले भने चीनलाई सिध्याउनका लागि त्यहीँ ल्याबबाट अमेरिकाले भाइरस छाडिदिएको दावी गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...