सिन्धुपाल्चोकमा पहिरोमा परी एकको मृत्यु, १२ जना बेपत्ता

Ppahiro

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको नागपुजे, भीरखर्क र चाङसारमा पहिरो जाँदा १८ घर पुरिएका छन् ।बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा पुरिएर १२ जना वेपत्ता भएको बताए । पहिरोमा परी एक जनाको मृत्यु भएको मेयर शेर्पाले बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र र प्रहरीको टोली खटिएको छ । गएराति लगातारको भारी वर्षासँगै पहिरो गएको हो। पुरिएका घर र बेपत्ताको संख्या अझै बढ्ने उपमेयर सुशिला पाख्रीनले बताइन् । मौसम पनि खराब भएका कारण घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन ।

खोज उद्धारको लागि टोली पुगिसकेको छैन । विस्तृत विवरण आउन केही समय लाग्छ उनले भनिन् । बाह्रबिसेको विभिन्न ठाउँमा ठूलो क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको यकिन विवरण आइनसकेको बताए ।

प्रतिकृया दिनुहोस