कञ्चनपुरको पुनर्वासमा नेकपा विजयी

Krishan bahadur tamang nejsf7r4oe

कञ्चनपुर । कंचनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन् ।

यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन् । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो ।

जसमा ४ मत बदर भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका३ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७७।०६४ प्रतिशत मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार कुल मत एक हजार एक सय ९९ मध्ये नौसय २४ मत खसेको हो ।

जसमध्ये क मतदान केन्द्रमा चार सय ७४ जना र ख मतदान केन्द्रमा चार सय ५० मत खसेका थियो । अधिकृत बास्तोलाका अनुसार मतदानमा पुरुष मतदाता तीनसय ९० र महिला मतदाता पाँचसय ३४ जनाले मतदान गरेका छन् ।

बिहान ७ बजेर २७ मिनेट जाँदा शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । विसं २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...