अर्जुन कपुरपछि प्रेमिका मलाइका अरोडामा पनि देखियो कोरोना संक्रमण

1599382676 3htoq

एजेन्सी । बलिउड नायक अर्जुन कपुरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण भएको जानकारी दिए । अब भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार अर्जुनकी प्रेमिका मलाइका अरोडाको कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ ।

मलाइका आफैंले खबर पुष्टि गर्दै भनिन्, हो, परीक्षण गर्दा मेरो नतिजा पोजेटिभ आएको छ । म सेल्फ आइसोलेशनमा छु र म स्वस्थ तथा बलियो बनेर रहनेछु ।

कोरोनाभाइरसद्वारा ग्रसित अर्जुन कपुरले आफ्ना प्रशंसकलाई सूचित गर्दै सोसल मिडिया पोस्टमा लेखेका थिए, ‘तपाईंहरु सबैलाई सूचना दिनु मेरो कर्तव्य हो कि मेरो कोरोनाभाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

म ठिक छु र मैले डाक्टर र अधिकारीको सल्लाह अनुसार मैले आफूलाई अलग राखेको छु । म तपाईंहरुको समर्थनका लागि धन्यवाद दिन्छु र अबको समयमा म तपाईंहरु सबैलाई आफ्नो स्वास्थ्यबारे जानकारी दिनेछु । यो असाधारण र अभूतपूर्व समय हो र मलाई विश्वास छ कि सबै मिलेर यो भाइरसलाई हटाउनेछौं ।

प्रतिकृया दिनुहोस