२७ वर्षीया महिलालाई बलात्कारपछि जलाएर हत्या

Bbc photo 20191129135226

नयाँदिल्ली । भारतको हैदराबादमा २७ वर्षीया एक महिलालाई बलात्कारछि हत्या गरेको अभियोगमा चारजना पक्राउ परेका छन् । बलात्कारपछि ती महिलालाई जलाएर हत्या गरिएको प्रहरीको अनुसन्धानले जनाएको छ ।

बरिष्ठ प्रहरी अधिकारी प्रकास रेड्डीका अनुसार उक्त घटनामा चार युवक नियन्त्रणमा छन् । मृतक महिलाकी बहिनीका अनुसार उनी स्वास्थ्य जाँच गराउन बुधबार साँझ ६ बजे घरबाट आफ्नो स्कुटरमा निस्किएकी थिइन् ।

टोल प्लाजास्थित स्कुटर पार्किङ गरी ट्याक्सी लिन गइन् उनी । र राति ९ बजे मात्रै फर्किइन् । तर त्यसबेला उनको स्कुटरको टायर पंचर भइसकेको थियो । तर त्यसै बेला एक मालवाहक गाडीका चालकले उनलाई स्कुटर बनाइदिने भन्दै त्यहाँ बस्न सुझाए ।

ती महिलाले त्यहाँ बस्न डराएपछि बहिनीलाई फोन गरेकी थिइन् । केही बेरमै फोन स्वीच अफ भएको बहिनीले जनाएकी छन् । भोलिपल्ट उनको खोजीमा त्यहाँ पुग्दा उनको मृत शरीर भेटिएको बताइएको छ ।

प्रहरीले घटनाको छानविन गरिरहेको जनाएको छ । भारतमा पछिल्लो सरकारी रिपोर्ट अनुसार २०१७ मा मात्रै ३३ हजार ६ सय ५८ वटा बलात्कारका मुद्दा प्रहरीकहाँ दर्ता भएका थिए । अर्थात्, हरेक दिन ९२ वटा बलात्कारका घटना भारतमा हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...