चितवन थप ३८ जनामा कोरोना संक्रमण पुष्‍टि

Corona test sudurpashim

चितवन । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले बुधबार राति दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा चितवनका ३८ जना छन् भने सर्लाहीका एकजना छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं २,३,६, ९, १०, ११, १४, १५, १९ र २९ का ८ पुरुष र ११ महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये पुरुष १६ देखि ५९ वर्ष उमेर समूहका छन् भने महिला २३ देखि ८० वर्ष उमेर समूहका छन् । त्यसैगरी रत्‍ननगर नगरपालिका वडा नं १ ,२, ११ र १३ का ६ जना पुरुष र २ जना महिलामा पनि संक्रमण देखिएको छ । पुरुषहरु २७ देखि ४८ वर्ष उमेर समूहका हुन् भने महिलाहरु २३ र ३१ वर्षीया हुन् ।

खैरहनी नगरपालिकाका ३३ वर्षीय पुरुष तथा ६४, ७० र ७७ वर्षीया तीनजना महिलामा संक्रमण देखिएको छ भने कालिका नगरपालिकाका तीन पुरुष र दुई महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै माडी नगरपालिकाका ५९ वर्षीय पुरुष र २९ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । सर्लाहीका ५५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस