करेन्ट लागेर ४ जनाको मृत्यु

Mritu

काठमाडौँ । करेन्ट लागेर विभिन्न स्थानमा गरी ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ घर भएका ३० वर्षीय धनकृष्ण श्रेष्ठको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । यता बाँकेको राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुर बस्ने २१ वर्षीय तिलक थारुको करेन्ट लागेर सोमबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित धानखेतमा जंगली बँदेलबाट धान जोगाउन ३ जना स्थानीयले तारबार गरी छोडेको करेन्ट लाग्दा थारुको घटनास्थलमै मृत्यु भएको हो । बाराको सिम्रौनगढ नगरपालिका ३ नयका टोल बस्ने ३० वर्षीय हेमलाल यादवको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । त्यसै गरी सिरहाको धनगढीमाई नगरपालिका ७ फुल्काहाकट्टी बस्ने पानी तान्ने बोरिङको काम गर्ने मिस्त्री ३९ वर्षीय सुरुज यादवको करेन्ट लागेर सोमबार मृत्यु भएको प्रहरीले जनायो।

प्रतिकृया दिनुहोस