समाजवादीले सरकार नछाड्ने, दुई बुँदे सहमति कार्यान्यवयनमा पहल गर्ने

Samajbadi party baithak

काठमाडौं । सरकार छाड्न चर्काे दवावमा परेको सत्ता साझेदार दल समाजवादी पार्टीले अन्ततः सरकार नछाड्ने भएको छ ।

शनिबार सम्पन्न दुई दिने केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बस्ने की नबस्ने भन्ने विषयमा बैठकमा भएको छलफलले अहिलेकै अवस्थामा सरकार छाड्न आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकार छोड्ने पक्षमा छैनन् । सरकारमै बस्ने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको दुई बुँदे सहमतिअनुसार संविधान संशोधनलाई अघि बढाउन दबाब दिइरहने रणनीतिमा यादव रहेका छन् ।

तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण हुनुअघि नयाँ शक्तिका संयोजक तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने सर्त अघि सारेका थिए । त्यसयता सरकार छाड्न यादवलाई चर्काे दवाव थियो । तर बैठकले अहिलेकै अवस्थामा सरकार नछोड्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीलाई संविधान संशोधनसहित विगतको सहमति कार्यान्वनयका लागि केही दिनको अल्टिमेटम दिने र माग सम्बोधन नभए सरकार छाड्ने निर्णय पदाधिकारी बैठकले गर्ने बताइएको छ ।

बिहीबार सम्पन्न समाजवादीको संघीय परिषद बैठकमा ‘समाजवादी पार्टी निर्माण र अगामी कार्यभार’ विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा. भट्टराईले सरकार छोड्ने कि नछोडने भन्ने निर्णय पार्टीको केन्द्रीय समिति बैठकले गर्ने उल्लेख गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...