कोरोना संक्रमणले प्रदेश १ मा शुक्रबार बिहानै २ जनाको मृत्यु

Corona death all use

धरान । शुक्रबार बिहानै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना कोरोना संक्रमितको को मृत्यु भएको छ । जसमा मृत्यु हुनेमा मोरङको बेलबारी ५ की ५६ वर्षीय महिला र दमक ३ झापाका ८३ वर्षीय वृद्ध पुरुष छन् ।

शुक्रबार बिहान झापाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज विहान ४ बजे बजे उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा आएका थिए । उनको आज बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकको मृगौलाको दीर्घकालिन समस्या भएर डायलाइसिस पनि गर्नुपरेको थियो भने उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको पनि समस्या भएको प्रवक्ता डा।सापकोटाले जानकारी दिए ।

यता, मृतक बेलबारीकी महिलालाई कोशी अञ्चल अस्पतालले रिफर गरेर वीपीमा भदौ ९ गते भर्ना भएकी थिइन् । उनको सोही दिन पिसिआर पोजेटिभ आएको थियो । उनको पनि आज बिहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बिहीबार साँझ पौने ७ बजे मात्रै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहा नगरपालिका –२ का ५५ बर्षीय एक पुरुषको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...