प्रहरी यातनाबाट ज्यान गुमाएका चमारको शब काठमाडौं ल्याइयो, मानवअधिकारकर्मीको रोहवरमा पोष्टमार्टम गर्न माग

Bjaya ram

काठमाडौं । प्रहरी हिरासतमा चरम याचनाबाट मृत्यु भएका रौतहट गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय विजयराम चमारको शब पोष्टमार्टम्सका लागि काठमाडौं ल्याइएको छ ।

रौतहट गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका १९ वर्षीय चमारको प्रहरीको कुटपिटपछि बिहीबार वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा मृत्युु भएका थिए ।

चमारको शबलाई अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । वीरगञ्जमा पोष्टमार्टम गर्न खोजिएको भए पनि आफन्तहरुले काठमाडौंमा मानव अधिकारकर्मीको रोहवरमा स्वतन्त्र रुपले पोष्टमार्टम गरिनुपर्ने भन्दै आन्दोलन गरिएपछि उनको शबलाई काठमाडौं ल्याइएको हो ।

प्रहरी हिरासतमा प्रहरीको चरम यातनापछि चमारको मृत्यु भएको भन्दै बिहीबार मृतकका आफन्त र अधिकारकर्मीहरुले चमारको मृत्यु नभएर हत्या भएको भन्दै प्रहरीलाई कारबाही हुनुपर्ने माग गदै विरोध बिहीबार बिहानदेखि इलाका प्रहरी कार्यालय अघि प्रर्दशन गरेका थिए ।

साउन ३२ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका १९ वर्षीय विजय राम महराको उपचारको क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको स्थानीय गैरदलित युवतीसँग अन्तरजातीय प्रेम सम्बन्ध रहेका कारण हत्या भएको थियो । हत्याको मुख्य अभियुक्तलाई उन्मुक्ति दिनेगरी सो घटनामा संलग्न नभएका युवाहरुलाई समेत पक्राउ गरी जवरजस्ती स्वीकार गराउन प्रहरी यातना दिँदा घाइते विजयको उपचारको क्रममा बिहीबार मृत्यु भएको थियो ।

प्रहरीको चरम यातनाबाट विजयको मिर्गौलामा असर परेको र यातनाकै कारण मृत्यु भएको प्रदेश नं. २ का दलित अगुवाहरुको निष्कर्ष छ । पीडितले करेन्ट लगाएर याताना दिएकोले उनको मृर्गौलामा असर पुगेको आरोप लगाएका छन् । प्रहरीको यातनाबाट घाइते विजयको नेशनल मेडिकल कलेजमा उपचार भइरहँदा प्रहरीले पीडितका परिवार र दलित अधिकारकर्मीलाई समेत भेट्न दिएको थिएन ।

साउन ३२ गते निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विजय राम चमारसहित १० जनालाई पक्राउ गरेको थियो । विकेश यादव, प्रशान्त यादव, किशोर मल्लिक, मनोज पासवानलाई सोही दिन परिवारको जिम्मा लगाएको थियो भने विजयसहित बाँकी ६ जनालाई अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

हिरासतमा रहेका बेला महरालाई प्रहरीले चरम यातना दिएका कारण मृत्यु भएको थियो । चमारलाई पक्राउ गरेर यातना दिएको सार्वजनिक भएपछि जिल्लाका दलित अधिकारकर्मीहरुले यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै भदौ ५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । प्रहरीले भने चमार किड्नीको समस्या रहेकाले उपचार गर्न अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस