अमेरिकाको लुइजियाना भीषण आँधी, चारजनाको मृत्यु

Hurricane laura aerial gty ps 200827 1598567790117 hpmain 16x9 992

एजेन्सी । अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफान लोराका कारण तीव्र गतिको हावा चल्दा ढलेका रुखहरुमा च्यापिएर कम्तीमा चारजनाको ज्यान गएको छ । लोरा तुफानका कारण प्रतिघण्टा २४० किलोमिटरको गतिमा चलेको हावाका कारण गम्भीर क्षति भएको छ ।

पाँच लाख भन्दा बढी घरमा बिजुलीको आपूर्ति बन्द भएको छ। औद्योगिक क्षेत्रमा रसायनिक पदार्थका कारण आगलागी भएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । हाल लोरा तुफानलाई ट्रपिकल स्ट्रोम ग्याटगोरीमा झारिएको छ । सो तुफान अर्कान्सास राज्य तर्फ गएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवस्थाबारे संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फिमा) ले ब्रिफिङ्ग गरेको  छ । उनले सप्ताहन्तमा प्रभावित क्षेत्रमा जाने बताएका छन् । लोरा तथा मार्को नाम गरेको तुफान क्यारबियन क्षेत्र भएर अमेरिका प्रवेश गरेको हो। क्यारबियन क्षेत्रमा ती तुफानका कारण २४ जनाको ज्यान गएको थियो  ।

 

प्रतिकृया दिनुहोस