काठमाडौंका कोरोना संक्रमितको पाटन अस्पतालनमा मृत्यु

Patan hospital

काठमाडौँ । काठमाडौं गए राति काठमाडौंका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । ५४ वर्षीय पुरुषको गए राती ९ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

गएको साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ती व्यक्तिमा कोभिड १९ पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । अस्पताललाई उदृत गर्दै स्वास्थ्य कार्यालयले आज बिहान उनको मृत्युको पुष्टि गरेको हो ।

मंगलबार मात्र काठमाडौं महानगरपालिका वडा नं. २२ मा नोपली कांग्रेसका नेताको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस