छिन्ताङ हत्या काण्डका सहिद परिवारलाई प्रदेश सरकारले ५ लाख दिने

Chhintang sahid shalik

धनकुटा । छिन्ताङ हत्या काण्डमा मारिएका सहिद परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५ लाख दिने भएको छ ।

बिहीबार बसेको मन्त्री परिषद्को बैठकले २०३६ सालमा तत्कालीन पञ्चायतको विरोध गर्दा मारिएका १६ जनाको परिवारलाई प्रदेश १ सरकारले ५ लाख दिने निर्णय गरेको हो ।

धनकुटाको छिन्ताङमा २०३६ साल कात्तिक २७ गते प्रहरीले घेरा हालेर १६ जनाको निर्ममतापूर्वक हत्या गरिएको घटना छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ । सो घटनामा गोपाल आनन्द राई, श्रीमाया राई (हांखिमा साइली), भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेसलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राईको हत्या भएको थियो ।

लामो समयसम्म पनि उनीहरुलाई सहिद घोषणा नगरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले २८ पुस २०७४ मा सहिद घोषणा गरी पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत प्रदान गरेको थियो ।

धनकुटाको सहिदभूमि गाउँपालिकाअन्तर्गत छिन्ताङको पञ्चकन्यामा सहिदको स्मृतिमा सहिद पार्क र सहिदका सालिक राखिएका छन् । छिन्ताङमा कम्युनिस्ट कार्यकर्ता मारिँदा मुलुकको प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । उनकै छोरा सुनीलबहादुर थापा मन्त्री हुँदा उनकै सिफारिसमा छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई सहिद घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...