दरवन्दीभन्दा बढी कर्मचारी समायोजनमा आउँदा समस्या

Npj nagarpalika

नेपालगन्ज । सरकारले दरवन्दीभन्दा बढी कर्मचारी पठाउँदा बाँकेको नेपालगञ्जमा कर्मचारीको बेहाल भएको छ । कतिपयले हाजिरसम्म गर्न पाएका छैनन् ।

नेपालगन्ज उपमहानगरपालिकामा सिनियर अहेब अधिकृत छैठौँ तहका लागि १२ जनाको दरवन्दी छ । तर, स्वास्थ्य मन्त्रालयले २२ जनालाई पठाएको छ ।

जिरी हुन आएका १० जना स्वास्थ्यकर्मीको काम गर्ने ठाउँको टुंगो नलाग्दा उनीहरु कामविहीन भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्मचारी प्रशासन शाखाले हाजिर गराउन भनी नेपालगन्ज उपमहानगरपालिकालाई पत्र पठाए पनि दरबन्दीभन्दा बढीलाई खटाएपछि हाजिरी हुन नपाएको उनीहरुको गुनासो छ ।

मन्त्रालयले नेपालगन्ज उपमहानगरपालिकामा समायोजन भएकाको नाम सार्वजनिक गरेपछि स्वास्थ्यकर्मीहरु रमाना लिएर हाजिरी हुन आएका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेलले तलब खुवाउने स्रोत नभएकै कारण छैटौँ तहका स्वास्थ्यकर्मीलाई हाजिरी गराउन नसकिएको बताए । उनले दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई तलव खुवाउन रकम नभएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले कात्तिक ३ मा कर्मचारीको तलबका लागि बजेट सुनिश्चित गरिदिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको उनको भनाई छ । तर, मन्त्रालयले अहिलेसम्म पत्रको जवाफ दिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...