सेभिल्लालाई छैटौं पटक युरोपा लिगको उपाधि

Sevilla europa league win y8w2upwo9w

जर्मन । स्पेनिस क्लब सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । गएराति भएको लिगको फाइलन खेलमा इटालियन क्लब इन्टर मिलानलाई हराउँदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनको स्टाडियोन कोल्नमा भएको खेलमा सेभिल्लाले इन्टर मिलानमाथि ३–२ को जित निकाल्दै कीर्तीमानी उपाधि हात पार्‍यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पाँचौं मिनेटमा नै रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । डिएगो कार्लोसले लुकाकुलाई डिबक्सभित्र लडाएपछि इन्टरले पेनाल्टीको अवसर पाएको थियो ।

१२औं मिनेटमा सेभिल्लाका लुक डि जोङ्गले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले जेसस नाभासको क्रस बललाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । ३३औं मिनेटमा डि जोङ्गले नै टिमका लागि दोस्रो गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।

उनले इभर बनेगाको फ्रीकिक प्रहारलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । सेभिल्लाको अग्रता लामो समयसम्म टिक्न पाएन खेलको ३५औं मिनेटमा मार्सेलो ब्रोजोभिचले प्रहार गरेको फीकिकलाई डिएगो गोडिनले हेड गोल गरी खेल २–२ को अवस्थामा पुर्‍याए ।

७४औं मिनेटमा रोमेलु लुकाकुको उपहार गोलको मदतमा सेभिल्लाले अग्रता बनायो । सेभिल्लाका डिएगो कार्लोसको प्रहार लुकाकुको खुट्टामा डिफ्लेक्ट हुदैं आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा सेभिल्ला छैटौं पटक लिग विजेता बनेको हो । सेभिल्लाले ६ पटक युरोपा लिगको फाइनल खेल्दा प्रत्येक चोटी लिग उपाथि हात पारेको छ ।

प्रतिकृया दिनुहोस