स्पेनिश फ्लूभन्दा कोरोना नियन्त्रण गर्न सहजः डब्ल्यूएचओ

Who chief

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अदोनाम घेब्रेयससले सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा कोरोना नियन्त्रण गर्न सजिलो रहेको बताएका छन् । विश्वव्यापीकरणका कारण संसारभर मानिसहरूबीच सम्पर्क रहेकाले कोरोना तीव्र गतिमा फैलिएको, तर स्वास्थ्य सजगता र नियन्त्रणका उपायहरु रहेकाले यसलाई छिट्टै नियन्त्रणमा लिन सकिने उनले बताएका हुन् ।

स्पेनिश फ्लुबाट सन् १९१८ अप्रिलदेखि १९२० सम्ममा विश्वभर करिब दुई करोड मानिसहरुको ज्यान गएको थियो । यसअघि कोरोना महामारी नियन्त्रणमा खेलेको भूमिकालाई लिएर डब्ल्युएचओका प्रमुख अदोनामले कडा आलोचना खेपिरहेका थिए ।

अमेरिका यो संगठनबाट अलग भइसकेको छ । भने कैयौं राष्ट्रले डब्ल्युएचओप्रति असन्तुष्टि जनाइरहेका छन् । अदोनामले यसअघि कोरोनाविरुद्धको खोप चाँडै नबन्ने, कोरोनाको असर लामो समयसम्म विश्वभर कायम रहने र सम्भवतः कहिल्यै पनि कोरोना अन्त्य नहुनेजस्ता अभिव्यक्ति दिएका थिए ।

प्रतिकृया दिनुहोस