पिसिआर टेष्टमै सकियो ३ अर्ब १८ करोड रुपैयाँ खर्च, केमा भयो त्यत्तिको खर्च ?

Corona test

काठमाडौं । सरकारले हालसम्म कोरोना भाइरसको परीक्षणका लागि पिसिआर टेष्टमा मात्रै ३ अर्ब १८ करोड रुपैयाँ खर्च गरेको छ । यो शुक्रबारसम्मको खर्च हो ।

राज्यले यत्ति ठूलो रकम खर्च गर्दा ३० हजार ४ सय ८३ जनाको रिर्पाट पोजिटिभ आएको छ । अहिलेसम्म सरकारले पाँच लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण गरेको छ । प्रति एक व्यक्तिको पीसीआर परीक्षण गर्न पाँच हजार पाँच सय खर्च हुन्छ ।

सरकारले अहिलेसम्म कोरोना परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च गरिसकेको प्रवक्ता गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार एक जना संक्रमित पत्ता लगाउन सरकारले १ लाख ४ हजार खर्च गरेको छ । सरकारले अहिलेसम्म पिसिआर र आरडिटी गरेर ५ लाख ७९ हजार ८ सय ९९ जनाको परीक्षण गरेको जनाएको छ । त्यसमध्ये ३० हजार ४ सय ४३ जना संक्रमित फेला परेका छन् ।

‘एउटा गम्भीर बिरामीलाई ३० दिन आइसीयूमा राख्नु परेमा साढे चार लाख खर्च हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘कोरोना जाँच र उपचार खर्चिलो भएकाले जरुरी नपरेसम्म घरबाट बाहिर ननिस्कन उनको आग्रह छ ।’

‘कोरोना जाँच गरेर पोजिटिभ पत्ता लगाउने र उपचार गर्न बहुत खर्चिलो छ । त्यसैले जरुरी काम नपरी घरबाट ननिस्कनुहोस्’, गौतमले भने, ‘काठमाडौंमा निषेधाज्ञा छ। यसलाई समेत पालना नगरेको देखियो । बाहिर ननिस्कनु होला । अत्यावश्यक परेर आफ्नै टोलमा निस्कदा दुई मिटरको दूरी कायम गरेर अनिवार्य मास्क लगाउनुहोला ।’

 

प्रतिकृया दिनुहोस