पछिल्लो २४ घण्टामा नेपालमा थपिए ८३८ संक्रमित, नेपालमा पुग्यो ३० हजार ४८३ जना

Corona news 10

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा विभिन्न जिल्लामा ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ८ सय ३८ जनासहित देशभर संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८९९ परीक्षणहरु गरिएका छन् । २४ घन्टामा जम्मा १३ हजार ६७९ पीसीआर परीक्षण भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको जनाएको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या १८ हजार २१४ जना रहेको छ ।

 

प्रतिकृया दिनुहोस