यौनसम्पर्क गर्न नमानेपछि पत्नीले लोग्नेको लिंग काटिन्

Sex

काठमाडौँ । यौनसम्पर्क गर्न नमानेपछि एक जँड्याहा स्वास्नीले लोग्नेको लिंग नै काटिदिएकी छिन् । घटना अफ्रिकी मुलुक युगाण्डाको हो, जहाँको अपाक जिल्लामा ३५ वर्षे बट्रिस अकेनले आफ्ना ४६ वर्षे लोग्नेको लिंग काटिदिएकी हुन् । लिंग काटिएका मोजिज ओकोट अहिले जीवनका लागि संघर्ष गरिरहेको प्रहरीले जनाएको छ ।

राति दश बजे जाँड खाएर घर फर्केकी उनले आफ्ना लाग्नेसँग यौनसम्पर्क गर्न चाहेपनि लोग्नेले अस्वीकार गरेका थिए । त्यसपछि रिसले चूर भएकी उनले लोग्नेको लिंग काटेकी हुन् । म बेलुकी ७ बजे शिकार खेलेर घर फर्किँदा उ घरमा थिइन ।’ ओकोटले भने, ‘छोरीले पस्केको खाना खाएलगत्तै म सुत्न हिँडे । उ राती १० बजे टिल्ल जाँड खाएर घर फर्की । उ ढोका खोलिदिन चिच्याइरहेकी थिई ।’

ओकोटले स्थानीय अखबारलाई भने, ‘मेरो शरीरमा हल्का पीडा भइरहेको थियो । उठेर हेर्दा त मेरो पाइण्ट पूरै रगतले लतपतिएको थियो ।’ उनका अनुसार उनले यौनसम्पर्क गर्न अस्वीकार गरेपछि आफ्नी स्वास्नीले लिंग काटिदिएकी हुन् । ओकोटका अनुसार उनी हरेक रक्सी खाएपछि यसरी नै चिच्याउँदै घर फर्किन्थिन् । लोग्ने भएको नाताले ओकोटका लागि यो असह्य थियो । त्यसपछि उनले यसैको दण्डस्वरुप आफ्नी स्वास्नीसँग यौनसम्पर्क गर्न अस्वीकार गरेका थिए ।

त्यसैको रिसले आफ्नो लिंग काटिएको ओकोटको दाबी छ । आफ्नै लोग्नेको लिंग काट्ने बट्रिस अकेन अहिले फरार छिन् । प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...