बिहीबार बिहानै प्रदेश २ मा ६६ जनामा कोरोना संक्रमण

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

काठमाडौं । बिहीबार विहानै पर्सा, बारा र सप्तरीमा गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगञ्जमा ३४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ गरिएको परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

१० महिलासहित ३५ जना संक्रमित भएकामा ३४ जना पर्सा र १ जना बाराका छन् । पर्साका ३४ जनामध्ये वीरगञ्ज महानगरपालिकाका ३२ जना र छिपहरमाई गाउँपालिकाका २ जना रहेको नयाराणी अस्पतालले जनाएको छ ।

बुधबारका अधिकांश संक्रमित कट्याक्ट ट्रेसिङ गर्दा फेला परेका थिए । थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ ।

संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी र थुनुवा, २० जना अस्पताल सफाइकर्मी र १५ जना भारतीय नागरिक रहेका छन् ।

सप्तरीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक वर्षीय बालकदेखि ७० वर्षीय जेष्ठ नागरिक समेत पुनः ३१ जना संक्रमित थप भएका हुन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको १३९ जनाको परीक्षणअनुसार राजविराजमा २७ जना र रुपनी गाउँपालिकामा ४ जना संक्रमित थप भएका हुन् ।

सप्तरीमा यो समेत संक्रमित हुनेको सङ्ख्या ६१६ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । नयाँ फेला परेका संक्रमितहरुको गत शुक्रबार राजविराजस्थित राजदेबी मावि र रुपनी गाउँपालिकाबाट स्वाब संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस