चिनियाँ राष्ट्रपति सी चिनफिङकोे विमानस्थलमा भव्य विदाई

Xin bidai

काठमाडौं । शनिबार अपराह्न दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार फर्किएका छन् ।

दुई दिने भ्रमणका क्रममा शनिबार अपराह्न ४ः४४ मा सी सवार चाइना एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । आइतबार दिउँसो २ः१० बजे उनी फर्किएका हुन् ।

सोल्टी होटेलमा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रका हस्ताक्षर कार्यकम सकिएपछि सी सिधै २ बजे विमानस्थल पुगेका छन् । त्यसक्रममा नेपाली कला र संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिले विमानस्थलमा सीको स्वागत गरेका थिए । साथै नेपाली सेनाले सीको सम्मानमा गार्ड अनर प्रदान गरको थियो ।

शनिबार अपरान्ह पौनै पाँच बजे विशेष विमानमा काठमाडौं ओर्लिएका सीले १९ घन्टा व्यस्त तालिकाबीच नै बिताए । शनिबार अपरान्ह विमानस्थलबाट सोल्टी पुगेका सी होटलमा एकछिन आराम गरेर राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि शितलनिवास पुगेका थिए । त्यसपछि उनी सोल्टीमा फर्केका थिए । सोल्टीमा सीको सम्मानमा राष्ट्रपति भण्डारीले विशेष रात्रभोज आयोजना गरेकी थिइन् । त्यसमा दुवै देशका प्रमुखहरुले टोस्ट प्रस्ताव गर्दै सम्बोधन गरेका थिए ।

शनिबार बेलुका नै राष्ट्रपति सीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। आइतबार बिहानदेखि नै राष्ट्रपति सी उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो । लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए ।

राष्ट्रपति सी र प्रधानमन्‍त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्‍त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका थिए । वार्तापछि १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि संयुक्त विज्ञप्ती जारी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...