सीको भ्रमणबारे भट्टराईले यस्तो दिए ६ सुझाव

Baluwatar xi chalbal 1

काठमाडौं । आगामी शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदैछन् । सी नेपाल आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने काठमाडौंका केही स्थान बेहुलीझै सिंगारिएको छ ।

सीको आसन्न नेपाल भ्रमणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा अन्य सरोकारवाला व्यक्तिहरूसँग सल्लाह पनि गरेका छन् । उनले पूर्वप्रधानमन्त्रीहरूलाई नेपालको तर्फबाट कस्ता एजेन्डा प्रस्तुत गर्ने भनेर सुझाव पनि मागेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई चीनको ऋणमा नफस्न सुझाव दिएका छन् । भट्टराईले विकास निर्माणमा सहयोग लिन र बिआरआईबाट सक्दो फाइदा लिन तर रेल बनाउँदा ऋणमा नफस्न सरकारलाई सुझाव दिएका छन् ।

आफूले सरकारलाई दिएका सुझावहरू सामाजिक संजाल ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनले चीनसँग सुपुर्दर्गी सन्धी नगर्न पनि सरकारलाई भनेका छन् ।
उनका सुझाव यस्ता छन् :

चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागेअनुसार यस्तो सुझाव दिइयो ।

१. मुख्यतस् चीन,भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिने । तीनवटैसँग समानान्तर सम्बन्ध राख्ने । गतिशील शान्तिवादरतटस्थताको नीति लिने । बिआरई र आइपिएस दुवैबाट लाभ लिने । भारत–चीनबीच आर्थिक सेतुको रूपमा विकास गर्ने ।

२. चीनसँग रेल, सडक आदि कनेक्टिभिटी विस्तारमा जोड दिने । रेल बनाउँदा ऋण जालमा नफस्ने । अनुदान र ऋणको सन्तुलन मिलाउने । सडकमा बढी जोड दिने । कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्रथमिकता दिने ।

३. ऋणरअनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा ज़ेड दिने ।

४. सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्ने ।

५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने ।

६. सन् १९६० को नेपाल–चीन मैत्री–सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...