बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई जितेर भए डिस्चार्ज

Amitav bachan

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त भएका छन् । यसअघि बुहारी ऐश्वर्या र ८ वर्षीया नातिनी आराध्या हालै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

कोरोना संक्रमण देखिएपछि गत जुलाई ११ मा मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका बच्चन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

यसअघि उनको परिवारमा श्रीमती जया बच्चनबाहेक सबैजनालाई कोरोना संक्रमण देखिएको थियो । बच्चन आफ्नो छोरा अभिषेक र बुहारी ऐश्वर्या तथा नातिनि आराध्याको साथमा अस्पतालमा थिए ।

अस्पतालमा रहेका बेला पनि सिनियर बच्चन सामाजिक सञ्जाल र शारीरिक व्यायममा सक्रिय रहेका थिए । सामाजिक सञ्जालमा उत्प्रेरणा दिने ट्विटहरु गरिरहने उनको अस्पतालमा दिनचर्या भने निकै सामान्य रहेको थियो ।

प्रतिकृया दिनुहोस